Kathmandu Press

गृह मन्त्रालयको आग्रह, ‘आफूसँग भएका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा उपलब्ध गराइदिनु’

काठमाडौं, वैशाख ३० : कोभिड १९ संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको भन्दै गृह मन्त्रालयले आफूसँग भएका अक्सिजन सिलिण्डरहरु स्वतःस्फुर्त रुपमा उपलब्ध गराइदिन आग्रहसबैसमक्ष...
गृह मन्त्रालयको आग्रह, ‘आफूसँग भएका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा उपलब्ध गराइदिनु’

काठमाडौं, वैशाख ३० : कोभिड १९ संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको भन्दै गृह मन्त्रालयले आफूसँग भएका अक्सिजन सिलिण्डरहरु स्वतःस्फुर्त रुपमा उपलब्ध गराइदिन आग्रहसबैसमक्ष आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बिहीबार एक बिज्ञप्ति जारी गर्दै सर्वसाधारण तथा अक्सिजनको प्रयोग हुने उद्योग, व्यवसाय, आयोजना, शिक्षण संस्था र तालिम केन्द्रलाई स्वतःस्फुर्त रुपमा आफूसँग भएको अक्सिजन सिलिण्डर नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराइ दिन आग्रह गरेको हो ।  

बिहीबार मात्रै सुनसरी जिल्लाबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत ६० वटा अक्सिजन सिलिण्डर काठमाडौं उपत्यका ल्याइएको मन्त्रालयले जनाएको छ ।

जम्मा भएका अक्सिजन सिलिण्डरहरु कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत न्यायोचित रुपमा वितरणको व्यवस्था मिलाइएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्