एमालेको विवाद मिलाउन कार्यदल बनाउने सहमति
काठमाडौं, वैशाख ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको छ...
काठमाडौं, वैशाख ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको छ ।
बिहीबार दिउँसो ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् । छलफलमा नेता नेपालले आफूले राखेको ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएका थिएको र ओली त्यो शर्तमा सकारात्मक भएको बुझिएको छ ।
नेपाल समूहले राखेको शर्त र अध्यक्ष ओलीले लिँदै आएको अडानबीच सहमति जुटाउने जिम्मा भने कार्यदललाई दिइने भएको छ ।
काठमाडौंको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबीच भएको वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको हो ।
प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)