दुई-चार दिनलाई राजिनामा टर्योः नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरूको राजिनामा केही दिनलाई टरेको बताएका छन् ।
काठमाडौं, वैशाख ३० : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरूको राजिनामा केही दिनलाई टरेको बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग वार्ता सकेर निस्किँदै गर्दा नेपालले संवाददाताहरूलाई उक्त जानकारी दिएका हुन् ।
२८ फागुनमा ओली समूहले गरेको निर्णय फिर्ता लिने–नलिने भन्नेबारे कुनै निर्णय भएको स्पष्ट जवाफ नेपालले दिएनन् । कुन तरिकाबाट गर्न सकिन्छ भनेर उपाय खोजी गरेर गर्ने सहमति भएको मात्र जानकारी दिए । त्यसबारे कार्यदल बनाइने उनले बताए । ‘मिल्ने दिशामा अगाडि बढ्न खोजेका छौँ,’ उनले भने, ‘आज राजिनामा दिने कुरा थियो, आज भएन । दुई–चार दिन टर्यो । अब के के हो भन्ने कुरा सहमतिमा टुंगो लाग्छ ।’
‘हामी दुईजनाको बीचमा भेटघाट, कुराकानी भए र पार्टीभित्रका समस्याका बारेमा आफ्नो–आफ्नो भनाइ राख्यौँ । वैशाख २६ गते अध्यक्षलाई पठाएको पत्रमा मैले ६ बुँदे जुन विषय अघि सारेको थिएँ, त्यसबारे छलफल गरियो,’ उनले भने, ‘छलफल गरिसकेपछि फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसलाबमोजिम २ जेठ ०७५ को अवस्थामा पु¥याउने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनका लागि हामी कुन तरिका अवलम्बन गर्ने हो भन्नेबारेमा छलफल जारी राख्ने कुरा भएको छ । पजिटिभ ढंगले सोचेर कुराकानी अगाडि बढाउने सहमति भएको छ ।’











-1790332718.jpg)