Kathmandu Press

एसइईको परीक्षाफल अर्को साता आउँदै

काठमाडौं, असार २ : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल अर्को साता सार्वजनिक गर्ने भएको छ।

गत वर्ष एसइईको ....

एसइईको परीक्षाफल अर्को साता आउँदै
फाइल फोटो

काठमाडौं, असार २ : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल अर्को साता सार्वजनिक गर्ने भएको छ।

गत वर्ष एसइईको परीक्षाफल असार ९ गते प्रकाशित भएको थियो। यो वर्ष प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः सञ्चालन गर्नुपरेकाले ढिलाइ भएको जनाएको छ।

त्यस्तै, कर्मचारी समायोजनका कारण पनि कर्मचारी अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने बोर्डले जनाएको छ। देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको छ। अर्को साताभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए।

बोर्डले छिटोमा असार १० देखि १४ गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको उनले बताए। यस वर्ष गत चैत १० गतेबाट एसइई परीक्षा सुरु भएको थियो। नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: ११:०४ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्