Kathmandu Press

कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु, ८९६० मा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ भने ८९६० जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु, ८९६० मा संक्रमण पुष्टि

काठमाडौं, वैशाख ३० :  कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित १ लाख ५ हजार २ सय ७ पुगेका छन् । 

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जना कोरोना स‌ंक्रमित थपिएका हुन् ।  

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्