नयाँ गठबन्धनबारे निर्णय गर्न माओवादी स्थायी समिति बैठक
नयाँ सत्ता गठबन्धनबारे निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
काठमाडौं, वैशाख ३० : नयाँ सत्ता गठबन्धनबारे निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन्।
संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको अवधि सकिन लाग्दा बैठक बोलाइएको हो । संघीय संसद्मा माओवादी केन्द्र तेस्रो ठूलो दल हो ।
प्रकाशित मिति: १७:३० बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)