Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। स्थायी कमिटी सदस्य गणेश साहका अनुसार पार्टी कार्यालय...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। स्थायी कमिटी सदस्य गणेश साहका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे बैठक बस्न लागेकाे छ। 

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि प्रचण्डले स्थायी कमिटी बोलाएका हुन्।

संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा केही घण्टा मात्र बाँकी छँदा माओवादी केन्द्रको बैठक बस्न लागेको हो । 
 

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्