Kathmandu Press

युवा नेतृ झाँक्रीले भनिन्- अलमलमा नपरौँ

एमाले युवा नेतृ रामकुमारी झाँक्रीले अलमलमा नपर्ने नेतृत्वसँग आग्रह गरेकी छन् ।
युवा नेतृ झाँक्रीले भनिन्- अलमलमा नपरौँ

काठमाडौं, वैशाख ३० : एमाले युवा नेतृ रामकुमारी झाँक्रीले अलमलमा नपर्ने नेतृत्वसँग आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्न नहुने बताएकी हुन्।

एमाले अध्यक्ष केपी ओलीले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गर्न थालेपछि नेपाल र झलनाथ खनाल समूह अब के गर्ने भन्नेमा अलमलमा देखिएको छ। यही बेला झाँक्रीको भनाइ सार्वजनिक भएको हो।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो सबै हुँदैछ,’ उनले भनेकी छन्, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’
 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्