Kathmandu Press

चुरेमा बस दुर्घटना, एकको मृत्यु, २० घाइते

हेटौडा, असार २ : चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नं.को यात्रुवाहक बस चुरे क्षेत्रमा दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भए....

चुरेमा बस दुर्घटना, एकको मृत्यु, २० घाइते

हेटौडा, असार २ : चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नं.को यात्रुवाहक बस चुरे क्षेत्रमा दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

आज बिहान हेटौँडा उपमहानगरपालिका–१५ स्थित हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि हेटौडा अस्पताल पु¥याएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन सकेको छैन।

दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्