Kathmandu Press

कांग्रेस सभापति देउवासँग भेट्दै प्रचण्ड

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
कांग्रेस सभापति देउवासँग भेट्दै प्रचण्ड

काठमाडौं, वैशाख ३० : कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताले देउवासँग भेटेका थिए । 

अपरान्ह ४ बजे कांग्रेस पदाधिकारीहरूको बैठक बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरूलाई पनि बोलाइएको छ।

संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा केही घण्टा मात्र बाँकी छँदा भेटघाट र वार्ता तीव्र भइरहेका छन् ।
 

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्