काठमाडौं बूढानीलकण्ठमा ओली र नेपालबीच वार्ता
एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । काठमाडौं बूढानीलकण्ठमा दुई नेताबीच भेटवार्ता सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
काठमाडौं, वैशाख ३० : एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । काठमाडौं बूढानीलकण्ठमा दुई नेताबीच भेटवार्ता सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
ओलीले बिहीबार बिहान नेपालसँग वार्ताको प्रस्ताव गरेका थिए । नेपाल समूहका सांसदको राजिनामा रोक्ने कसरत स्वरूप ओलीले नेपालसँग वार्ता थालेका हुन् ।
बिहीबार बिहान एमाले स्थायी कमिटीले नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई गरिएको ६ महिले निलम्बन फिर्ता लिएको थियो ।
प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)