Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौ, वैशाख ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।सरकार गठनका लागि प्रयास गरिरहेका सभापति...
कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौ, वैशाख ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

सरकार गठनका लागि प्रयास गरिरहेका सभापति देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरेलगत्तै पदाधिकारी बैठक बोलाएका हुन् । 

बैठकमा पार्टीले सरकारका लागि दाबी गर्ने कि नगर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

 ठाकुर र महतोले नयाँ सरकार गठनमा तटस्थ रहने बताउँदै आएका थिए । ठाकुर र महतोको यस्तो निर्णयपछि कांग्रेस नेतृत्वमा सरकार गठनमा नहुने स्थिती देखिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसिमा आज राति ९ बजे सकिँदै छ। 


 

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्