कारबाही फिर्ता लिनु सकारात्मक : योगेश भट्टराई
काठमाडौं, वैशाख ३० : नेकपा एमालेका नेता योगेश भट्टराईले माधव नेपालसहितका चार नेताको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएका छन्।भट्टाराईले ट्वीट गर्दै भनेका छन्,...
काठमाडौं, वैशाख ३० : नेकपा एमालेका नेता योगेश भट्टराईले माधव नेपालसहितका चार नेताको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएका छन्।
भट्टाराईले ट्वीट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फिर्ता गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् ।
पार्टीलाई एक बनाउन अध्यक्ष केपी ओलीले कारवाही फिर्ता गर्ने प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)