प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक
काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) स्थायी कमिटी बैठक बोलाएका छन्। दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) स्थायी कमिटी बैठक बोलाएका छन्।
दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयको आज अन्तिम दिन हो। समय सकिँन लाग्दा पनि विपक्षी दलहरूबीच सहमति नभइरहेका बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
एमालेका एक नेताकाा अनुसार अब केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्नेछ। त्यसमा नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने जनाएको छ।
प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको सरकार गठन गर्न आह्वान गरेकी थिइन्। यसको तयारीमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सहमतिमा आउन सकेका छैनन्।
विशेष गरी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीकै पक्षमा छन्। अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विपक्षी गठबन्धनका पक्षमा छन्। जसपाको यहि विवादले नयाँ सरकार गठनमा समस्या भएको छ।











-1790332718.jpg)