राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव, १०५ बिरामी जोखिममा
काठमाडौं, वैशाख ३० : काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। जसले गर्दा त्यहाँ उपचाररत संक्रमितको ज्यान जोखिममा परेको छ। राष्ट्रिय ट्रमा सेन्टरका...
काठमाडौं, वैशाख ३० : काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। जसले गर्दा त्यहाँ उपचाररत संक्रमितको ज्यान जोखिममा परेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले अक्सिजन अभाव भएको बताएका छन्। उनले आज बिहानै सामाजिक सञ्जालमा लेख्दै अक्सिजन अभाव भएको जनाएका छन्।
उनले गएरातिबाट नै अक्सिजन अभाव भएको जनाएका छन्। निर्देशक डा. पौडेलले लेखेका छन्, ‘अक्सिजनको चरम अभाव, रातभर त थामियो अब गाह्रो भो।’
ट्रमा सेन्टरमा एक सय पाँच जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। डा. पौडेलले उनीहरुको ज्यान जोगाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्।
काठमाडौंका पनि अन्य अस्पतालमा अक्सिजन अभाव भएको छ। सीसीएमसीले कोटा निर्धारण गरेपछि अक्सिजन अभाव भएको हो।
त्यससँगै उत्पादन पनि नपुगेको जनाएको छ। आपूर्ति व्यवस्था पनि सहज रुपमा हुन नसकेको चिकित्सकहरूले बताएका छन्।
काठमाडौंसँगै देशभरका अस्पताल अभाव भएको छ। कतिपय अस्पतालमा अक्सिजन नहुँदा संक्रमितको ज्यान गएको छ।











-1790332718.jpg)