आज बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने
काठमाडौं, वैशाख ३० : आज काठमाडौं उपत्यकालगायत बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले जारी...
काठमाडौं, वैशाख ३० : आज काठमाडौं उपत्यकालगायत बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले वर्षा हुने जनाएको छ।
आज दिउँसो भने देशभर सामान्य बदली रहने जनाएको छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आज राति प्रदेश १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।











-1790332718.jpg)