Kathmandu Press

जाइराले नम्रतामा बढ्यो थप आत्मविश्वास  

काठमाडौं, असार १ : अभिनेत्री नम्रता श्रेष्ठको फिल्म हेर्ने उनका दर्शकले नम्रतालाई सधैं एक शान्त र मायालु प्रेमिकाको रुपमा चिन्दै आएका छन्।

जाइराले नम्रतामा बढ्यो थप आत्मविश्वास  

काठमाडौं, असार १ : अभिनेत्री नम्रता श्रेष्ठको फिल्म हेर्ने उनका दर्शकले नम्रतालाई सधैं एक शान्त र मायालु प्रेमिकाको रुपमा चिन्दै आएका छन्।

के नम्रता रियल लाइफमा पनि यस्तै सिरियस र सोबर छिन् त? अह: पक्कै छैनन्। अभिनेत्री नम्रताका अनुसार उनी सानोमा चुलबुले, अलि कडा र झगडालु स्वभावकी थिइन्। उमेर बढ्दै गएसँगै उनको त्यो बानीमा परिवर्तन हुँदै गयो। उनी धेरै नबोल्ने, कोहीसँग पनि झगडा नगर्ने र सोबर बन्दै गइन्। उनकै भाषामा भन्नु पर्दा उनी ‘डेडिकेट’ बन्दै गइन्।

Hardik ivf

सबैको जिन्दगीमा समयअनुसार उतारचढाव आउँछ नै। त्यस्तै उतारचढाव नम्रताको जिन्दगीमा पनि नआएको होइन। जिन्दगीमा आएको त्यो उतारचढावले नम्रता कमजोरी बनिन्। तर, नम्रताका अनुसार फिल्म जाइराले फेरि त्यो शक्ति र जोश  फिर्ता ल्याउन सहयोग गवरेको छ। ‘जाइराले मलाई फेरि पहिलेकै जस्तो जोश र शक्ति ल्याउन सहयोग गरेको छ,’उनले भनिन्।

फिल्म जाइरामार्फत नम्रता एक सशक्त मार्सल आर्ट खेलाडीको रुपमा प्रस्तुत हुँदैछिन्। यसका लागि उनले आफ्नो लुक्स र पहिरनमा मात्रै नभई आफ्नो वजनमा पनि धेरै परिवर्तन ल्याएकी थिइन्। फिल्म जाइराले नम्रताको रोमान्टिक अभिनेत्रीको इमेजलाई पुरै परिवर्तन गर्नेेछ। जाइरामार्फत उनी पहिलो पटक एक मार्सल आर्ट खेलाडीको रुपमा आफूलाई रिल लाइफमा प्रस्तुत गर्दैछिन्।

अभिनयसँगै व्यवसायमा पनि सक्रिय नम्रताले शुक्रबार आफ्नै एटिक लाउण्जको ज्ञानेश्वर नयाँ शाखामा जन्मदिन मनाइन्। जन्मदिनकै अवसरमा आफ्नो फिल्म जाइराको दुईवटा पोस्टर पनि नम्रता र उनको फिल्म टिमले सार्वजनिक गरेको थियो।
 

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्