जसपा शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, बिहिबार पुनः बस्ने
बैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जसपा शीर्ष नेताहरुको बैठकमा नेताहरूबीच मत बाझिएपछि विना निष्कर्ष टुंगिएको हो ।
काठमाडौं, वैशाख २९ : जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूको वैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
बैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जसपा शीर्ष नेताहरुको बैठकमा नेताहरूबीच मत बाझिएपछि विना निष्कर्ष टुंगिएको हो ।
लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको र भोलिसम्म एकीकृत धारणा तय गर्ने गरी आजको बैठक टुङ्गिएको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।
त्यसैका बिषयमा छलफल गर्नका लागि राजपा शीर्ष नेताहरूको बैठक बसेको थियो ।
प्रकाशित मिति: १९:५० बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)