Kathmandu Press

सङ्कटमा भ्रमको खेती नगरौं : उपप्रधानमन्त्री पोखरेल 

काठमाडौं, वैशाख २९ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गरेका छन् ।निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको...
सङ्कटमा भ्रमको खेती नगरौं : उपप्रधानमन्त्री पोखरेल 

काठमाडौं, वैशाख २९ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गरेका छन् ।

निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक पोखरेलले भने, “महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।”

नेपाल उद्योग बाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा विमर्श भएको थियो ।

उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार  छिटो माध्यमबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । काठमाडौँ उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योगहरु सञ्चालित छन् ।

दैनिक १५ हजार सिलिण्डर भन्दा बढी माग भए पनि ती उद्योगबाट हाल सात हजार २ सय सिलिण्डर उत्पादन हुने गरेको छ । (रासस) 

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्