Kathmandu Press

अब कोरोनाबाट मृत्यु हुनेको शव परिवारले नै व्यवस्थापन गर्न पाउने 

काठमाडौं, वैशाख २९ : अब कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि सम्बन्धित परिवार वा समुदायले गर्न पाउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा...
अब कोरोनाबाट मृत्यु हुनेको शव परिवारले नै व्यवस्थापन गर्न पाउने 

काठमाडौं, वैशाख २९ : अब कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि सम्बन्धित परिवार वा समुदायले गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यबस्थापन इकाईका प्रमुख डा. समिर कुमार अधिकारीले सम्पूर्ण कोभिड अस्पतालाई परिपत्र गर्दै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दिनानुदिन वढ्दै गएकोले कोभिडका कारण मृत्यु भएका व्यक्तिको शवको व्यबस्थापन वा अन्त्येष्टि गर्दा आफ्नो धर्म र संस्कृती बमोजिम वढीमा २५ जनाभन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यबस्था मिलाउन आग्रह गरेका हुन् ।

यस्तै यदि सो बमोजिम सम्भव नभएको खण्डमा नेपाली सेनाले नै व्यबस्थापन गर्नुपर्ने बताईएको छ । साथै मृतकका आफन्तलाई स्थान विशेषमा राख्न वा रहन पनि पहल गर्नका लागि पनि आदेश दिएको छ ।

यसअघि संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले मात्रै गर्दै आएको थियो।  


 

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्