Kathmandu Press

जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार गठन प्रयास विफल

 राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार गठन प्रयास असफल भएको छ ।
जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार गठन प्रयास विफल

काठमाडौं, वैशाख २९ : राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार गठन प्रयास असफल भएको छ ।

जनमोर्चाका सांसदहरू कृष्ण थापा र खिमबिक्रम शाहीले प्रदेश प्रमुखलाई पत्र पठाएर नयाँ सत्ता गठबन्धनमा आफूहरूको संलग्नता नरहेको जानकारी दिएका हुन् ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद आवश्यक हुन्छन् । एमाले एक्लैसँग २७ सांसद छन् । र, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमालेलाई समर्थन गरेका छन् ।

विपक्षी गठबन्धनले कांग्रेस १५, माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेको थियो । तर, जनमोर्चाका दुई सांसदले धोका दिएपछि समर्थन नपुग्ने भएको हो ।
 

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्