Kathmandu Press

कांग्रेस संसदीय दलका नेता पोखरेलले पेश गरे गण्डकीको मुख्यमन्त्रीमा दाबी

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश मुख्यमन्त्रीका रूपमा प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता पोखरेलले पेश गरे गण्डकीको मुख्यमन्त्रीमा दाबी

पोखरा, वैशाख २९ : कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश मुख्यमन्त्रीका रूपमा प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका छन् ।

उनले कांग्रेस १५, माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसदको समर्थन रहेको दाबी गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ सांसद आवश्यक हुन्छन् । जनमोर्चाका सांसद कृष्ण थापाले भने आफू नयाँ सत्ता गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । सोही कारण थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको छ ।

माओवादी केन्द्रका १२ सांसदमध्ये एकजना प्रदेशसभाका सभामुख छन् । जनमोर्चा सांसद थापा विपक्षमा रहँदा सभामुखबाहेक ३० सांसद हुन्छन् । पोखरेल मुख्यमन्त्री नियुक्त भएमा विश्वासको मत लिँदा सभामुखको मत निर्णायक हुने देखिएको छ ।

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्