Kathmandu Press

जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो 

काठमाडौं, वैशाख २९ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई कारबाही गरेको छ । पार्टीको निर्णयविपरीत कार्य गरेको भन्दै जनमोर्चाले थापालाई गण्डकी प्रदेशसभाको...
जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो 

काठमाडौं, वैशाख २९ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई कारबाही गरेको छ । पार्टीको निर्णयविपरीत कार्य गरेको भन्दै जनमोर्चाले थापालाई गण्डकी प्रदेशसभाको संसदीय दलको नेताबाट हटाएको हो । 

सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । 

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि जनमोर्चाले कांग्रेस, माओवादी र जसपाको गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर थापाले गठबन्धा सरकारका पक्षमा हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले बुधबार नै स्पष्टिकरण सोधेको थियो । थापाले हस्ताक्षर नगरेपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार नबन्ने देखिएको छ । 

नयाँ सरकार गठनको लागि गठबन्धनलाई ३१ जनाको हस्ताक्षर पुर्‍याउनुपर्छ। गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन्। विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने गरुङकै नेतृत्वमा अल्पमतको सरकार बन्नेछ।


 

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्