जसपा पदाधिकारी बैठक जारी
संघीय संसद्को चौथो ठूलो दल जसपाका केन्द्रीय पदाधिकारीहरूको बैठक अहिले जारी छ ।
काठमाडौं, वैशाख २९ : संघीय संसद्को चौथो ठूलो दल जसपाका केन्द्रीय पदाधिकारीहरूको बैठक अहिले जारी छ ।
ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेता सहभागी छन् ।
अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटारमा प्रधानमन्त्री र शीतलनिवासमा राष्ट्रपतिलाई भेट गरेर पार्टी बैठकमा सहभागी हुन बालकुमारी पुगेको अध्यक्ष यादव पक्षीय एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले जानकारी दिए ।
‘सेटिङ तयार पारेर ठाकुर र महतो बैठकमा सहभागी भएका हुन् भने आज केही निर्णय नआउन सक्छ । नत्र, नयाँ सत्ता गठबन्धनमा सहभागी हुने भन्नेबारे निर्णय आउन सक्छ,’ उनले काठमाडौं प्रेससँग भने ।
प्रकाशित मिति: १४:४७ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)