कोरोना बढेपछि ७२ जिल्लामा निषेधाज्ञा
काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको संक्रमण बढेपछि देशका ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार पछिल्लो पटक गएराति १२ बजेदेखि लमजुङमा निषेधाज्ञा...
काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको संक्रमण बढेपछि देशका ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
गृह मन्त्रालयका अनुसार पछिल्लो पटक गएराति १२ बजेदेखि लमजुङमा निषेधाज्ञा लागू गरिएको छ। त्यस्तै, आज राति १२ बजेदेखि भोजपुरमा पनि निषेधाज्ञा लागू हुने भएको छ। योसँगै निषेधाज्ञा जारी गरिएका जिल्ला ७२ पुगेका छन्।
निषेधाज्ञा जारी गरिएका ७२ जिल्लामध्ये पनि ६५ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ।
अब निषेधाज्ञा जारी नगरिएका जिल्ला पाँच मात्रै बाँकी रहेका छन्। अहिले मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पूर्व र तेह्रथुममा मात्रै निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको छैन।
सरकारले हिमाली र पहाडी जिल्लामा दुई सय र तराईका जिल्लामा पाँच सय सक्रिय संक्रमित पुगेमा निषेधाज्ञा लगाउनु पाउने गरी स्थानीय प्रशासनलाई जिम्मेवारी दिएको छ। त्यहि अनुसार जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका हुन्।











-1790332718.jpg)