Kathmandu Press

अहिलेको संकट हल गर्न बाबुरामका चार सुझाव

काठमाडौं, वैशाख २९ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको संकट समाधानका लागि चार बुँदा सुझाएका छन्। उनले भनेका दिएको...
अहिलेको संकट हल गर्न बाबुरामका चार सुझाव

काठमाडौं, वैशाख २९ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको संकट समाधानका लागि चार बुँदा सुझाएका छन्। 

उनले भनेका दिएको पहिलो सुझावमा वर्तमान तथा पूर्वप्रधानमन्त्रीबाहेको नेतृत्वमा सरकार गठनको छ। ‘देशको संकट हल गर्न यसो गरौं,’ डा. भट्टराईले पहिलो भनेका छन्, ‘धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रमवाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं।’

मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा आफ्नौ भनाइ राख्दै उनले चार बुँदे सुझाव अघि सारेका हुन्। जसको दोस्रो बुँदामा सर्वदलीय सरकार संचालनका लागि सबै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरू रहेको निर्देशक समिति बनाउनुपर्ने रहेको छ। 

तेस्रो सुझावमा नयाँ बन्ने सरकारले न्यूनतम कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। जसमा कोभिड–१९ नियन्त्रण, द्वन्द्वका घटनाको सम्बोधन, संविधान संशोधन, आर्थिक राहतलगायतका छन्। 

त्यसपछि उनले एक वर्ष भित्र चुनाव गर्नुपर्ने बताएका छन्। 

 

प्रकाशित मिति: ०७:३४ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्