Kathmandu Press

काठमाडौंका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, वैशाख २९ : सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण आर्यालले सबै अस्पताललाई...
काठमाडौंका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, वैशाख २९ : सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण आर्यालले सबै अस्पताललाई कोडिभ अस्पताल बनाउने निर्णय भएको बताए। उनका अनुसार महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो। 

कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएको छ। जसले गर्दा सबै अस्पतालाई कोभिड अस्पताल बनाउनु परेको हो। 

अहिले सरकारी तथा निजी अस्पताल पनि कोरोना संक्रमितले भर्ना पाउन सकिराखेका छैनन्। आइसीयू र भेन्टिलेटर भरिएका छन्। 

प्रकाशित मिति: ०६:५२ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्