भारतमा तीन लाख ४८ हजारमा संक्रमण, ४२ सयको मृत्यु
काठमाडाैं, वैशाख २९ : भारतमा कोरोनाभाइरस एकै दिन तीन लाख ४८ हजारमा संक्रमण देखिएको छ भने चार हजार दुई सय पाँच जनाको मृत्यु भएको...
काठमाडाैं, वैशाख २९ : भारतमा कोरोनाभाइरस एकै दिन तीन लाख ४८ हजारमा संक्रमण देखिएको छ भने चार हजार दुई सय पाँच जनाको मृत्यु भएको छ।
२४ घण्टामा तीन लाख ४८ हजार पाँच सय २९ जनामा कोरोना संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख नौ हजार पाँच सय ५७ पुगेको छ।
त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घण्टामा चार हजार दुई सय पाँच जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ।
भारतमा अहिलेसम्म दुई करोड ३३ लाख ४० हजार पाँच सय ५६ जनामा कोरोना देखिएको छ। त्यस्तै, एक करोड ९३ लाख ७६ हजार ६ सय ७४ जना निको भएका छन्।
प्रकाशित मिति: ०६:४४ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)