कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य एवं एमाले नेता चौलागाईंको निधन
काठमाडौं, वैशाख २८ : नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ। मंगलबार राति मनमोहन अस्पतालमा चौलागाईंको उपचारका क्रममा...
काठमाडौं, वैशाख २८ : नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ। मंगलबार राति मनमोहन अस्पतालमा चौलागाईंको उपचारका क्रममा निधन भएको हो।
कोरोना संक्रमण देखिएपछि उनी चार दिनअघि मनमोहन अस्पताल भर्ना भएका थिए।
एमाले पोलिटब्युरो सदस्य समेत रहेका चौगालाईं गत निर्वाचनमा देलखा प्रदेश सभा (ख)बाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।
युवा संघका पूर्वअध्यक्ष समेत रहेका चौलागाईं दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका छन् । उनी पहिलो पटक वि.सं. २०५६ सालमा प्रतिनिधिसभामा र दोस्रो संविधानसभा २०७० मा निर्वाचति भएका थिए ।
प्रकाशित मिति: २३:४० बजे, मंगलबार, वैशाख २८, २०७८
थप समाचार



