Kathmandu Press

एकैदिन कोरोनाबाट २२५ को मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।
एकैदिन कोरोनाबाट २२५ को मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि

काठमाडौं, वैशाख  २८ : कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।

मृत्यु भएका २२५ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्