Kathmandu Press

चीनबाट अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री लिएर आइपुग्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं, वैशाख २८ : चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्रीय लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।नेपाल एयरलाइन्सको वाइडबडी जहालले चीनले अनुदानमा...
चीनबाट अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री लिएर आइपुग्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं, वैशाख २८ : चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्रीय लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।

नेपाल एयरलाइन्सको वाइडबडी जहालले चीनले अनुदानमा दिएको ४ सय सिलिन्डर अक्सिनज, १ सय ६० वटा अक्सिजन कन्सनटेटर, १० थान भेन्टिलेटर लिएको आएको हो ।

नेपाल एयरल्यान्सका अनुसार यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए ।

चीनले नेपाललाई अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डर दिएको थियो । बाँकी रहेका सामान लिन चीन जानका लागि एनएसीको जहाज तयारी अवस्थामा रहेको बताइएको छ।

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्