Kathmandu Press

सर्वोच्चले सरकारलाई भन्यो– अक्सिजन आपूर्ति सहज बनाउ 

काठमाडौं, वैशाख २८ : कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ।न्यायाधीश बमकुमार श्रेष्ठको एकल...
सर्वोच्चले सरकारलाई भन्यो– अक्सिजन आपूर्ति सहज बनाउ 

काठमाडौं, वैशाख २८ : कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारलाई अन्तरिम आदेश दिएको हो । 

 सर्वोच्चले बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न पनि सरकारलाई भनेको छ । उसले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधि, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि कार्यसमिति बनाउन पनि आदेश दिएको छ । 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्