किट अभावमा टेकु अस्पतालले रोक्यो पीसीआर परीक्षण
काठमाडौं, वैशाख २८ : विगत केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाका बिरामीको चाप बढेसँगै मंगलबारदेखि अस्पतालले कोरोना परीक्षण रोकेको छ।कोरोनाको पीसीआर...
काठमाडौं, वैशाख २८ : विगत केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाका बिरामीको चाप बढेसँगै मंगलबारदेखि अस्पतालले कोरोना परीक्षण रोकेको छ।
कोरोनाको पीसीआर परीक्षणमा आवश्यक एक्स्पान्सन किट अभावका कारण परीक्षण रोकेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए।
‘पीसीआर परिक्षण गर्दा भाइरसलाई एक्स्पान्ड गर्ने एक प्रकारको किट हुन्छ। त्यको सट्टामा अर्को कम्पनीको प्रयोग गर्न मिल्दैन। त्यसको अभावका कारण हामीले परिक्षण रोकेका हौँ,’ उनले काठमाडौं प्रेससँग भने,‘पहिला दैनिक २ सयको हाराहामीमा कोरोना परिक्षण गर्दै आएकोमा अहिले दैनिक ६ सयको हाराहारीमा कोरोना परिक्षणका लागि आइरहेको हुँदा किटको अभाव सिर्जना भएको हो।’
यस्तै, चीनको ग्वान्जाबाट ल्याइने उक्त किट नेपाल पठाउनको लागि सप्लायर्ससँग कुरा भइसकेको डा. राजभण्डारी बताउँछन्। ‘हामीले चीनबाट मगाइसकेका थियौँ तर त्यही समयमा निषेधाज्ञा सुरु भयो र हवाई उडानहरु पनि बन्द भएपछि किट ल्याउन सम्भव भएन। अबको ३ दिन भित्र उक्त किट नेपाल आइपुग्ने कुरा छ। त्यो आएलगत्तै फेरी पीसीआर परिक्षण सुरु गर्छौँ,’ उनले भने।











-1790332718.jpg)