Kathmandu Press

उपत्यकामा १५ दिन थपियो निषेधाज्ञा, विकास आयोजनाबाहेकका सबै निर्माण कार्य बन्द

काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि काठमाडौंमा लगाइएको निषेधाज्ञा १५ दिन थप भएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको...
उपत्यकामा १५ दिन थपियो निषेधाज्ञा, विकास आयोजनाबाहेकका सबै निर्माण कार्य बन्द

काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि काठमाडौंमा लगाइएको निषेधाज्ञा १५ दिन थप भएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

त्यस्तै, प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । 

बैठकले पार्टी प्यालेस पनि बन्द गर्ने निर्णय गरेको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमै गर्न र १० जना मात्र उपस्थित हुन पाइने छ । 
 

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्