Kathmandu Press

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौं, वैशाख २८ : कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा तथा कृषक बजार बन्द हुने भएको छ। कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि कालिमाटी...
कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौं, वैशाख २८ : कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा तथा कृषक बजार बन्द हुने भएको छ। कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो । 

समितिले सुचना निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने बताएको छ । 

‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ,’ समितद्वारा जारी सूचनामा भनिएको छ।’ 

यसअघि भने बजार बिहान ३ बजेदेखि ९ बजेसम्म खोल्न दिइएको थियो। 
 

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्