देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज अपरान्ह ३ बजे पदाधिकारी बैठक सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको...
काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज अपरान्ह ३ बजे पदाधिकारी बैठक सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको बताइएको छ ।
पार्टी पदाधिकारी बैठकपछि कांग्रेसले नयाँ सरकार गठनका विषयमा अन्य दलहरुसँग पनि छलफल गर्ने तयारी गरेको छ । राष्ट्रपतिले सरकार गठनका लागि ३ दिनको मात्र समय दिएकाले कांग्रेसले छलफललाई तिव्रता दिएको हो ।
प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)