Kathmandu Press

७० जिल्लामा लगाईयो निषेधाज्ञा 

काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको संक्रमण बढेपछि ७० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७० जिल्लामा...
७० जिल्लामा लगाईयो निषेधाज्ञा 

काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको संक्रमण बढेपछि ७० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७० जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६१ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । अब ७ जिल्ला मात्र खुला रहेका छन् ।

पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा रसुवा, पाँचथर र सोलुखुम्बु छन् । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ । 

प्रकाशित मिति: ०९:३१ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्