Kathmandu Press

नयाँ सरकार गठनमा देउवाको सक्रियता, दलका शीर्ष नेताहरुलाई बोलाए छलफलमा 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि अब के कसरी अगाडी वढ्ने भन्ने बिषयमा छलफल हुने बताईएको छ ।
नयाँ सरकार गठनमा देउवाको सक्रियता, दलका शीर्ष नेताहरुलाई बोलाए छलफलमा 

काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्नका लागि वैठक बोलाएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले कांग्रेसका शीर्ष नेता सहित नेकपा माओवादी केन्द्र, जसपा लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। बैठक दिउसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि अब के कसरी अगाडी वढ्ने भन्ने बिषयमा छलफल हुने बताईएको छ ।

ओलीले विश्वासको मत गुमाए लगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

यता, नयाँ सरकार गठन बारे जसपामा देखिएको विवादले देउवाको नेतृत्वमा सरकार बनाउन पनि बहुमत नपुग्ने देखिन्छ । अध्यक्ष यादवले देउवाको नेतृत्वमा सरकार बनाउन चाहे पनि अर्का अध्यक्ष ठाकुरले भने साथ नदिने संकेत देखाएका छन् । 

यद्यपी, एमालेका माधव खनाल समूहका सांसदले राजीनामा दिएका प्रतिनिधि सभामा रहेका सांसदको आकार खुम्चिनने र बहुमतको सरकार गठन हुन सक्ने सम्भावना देखिन्छ । त्यसैले सो बिषयमा समेत छलफल गर्नका लागि देउवाले आजको बैठकमा एमाले नेता माधव नेपाललाई पनि बोलाएको बुझिएको छ । 

प्रकाशित मिति: ०८:५८ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्