Kathmandu Press

वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम : महन्थ ठाकुर

काठमाडौं, वैशाख २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि...
वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम : महन्थ ठाकुर

काठमाडौं, वैशाख २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि विभाजित देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। उनले सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका हुन् ।

यसअघि नयाँ सरकार गठनको प्रकिया अघि बढाउन कांग्रेस माओवादी र जसपका अध्यक्ष उप्रेन्द्र यादवले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् । विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको तर्फ संकेत गर्दै यस्तो अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत बताएका छन्।  

सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मत विभाजन हुँदा पनि ठाकुर समूह तटस्थ बसेको थियो।  ओली सरकार विश्वासको मत लिन असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार ३० गतेसम्म बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन्।

प्रकाशित मिति: ०७:१९ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्