प्रतिनिधिसभाको विशेष अधिवेशन आजै अन्त्य
काठमाडौं, वैशाख २७ : प्रतिनिधिसभाको विशेष अधिवेशन आजै अन्त्य गरिएकाे छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभाको विशेष...
काठमाडौं, वैशाख २७ : प्रतिनिधिसभाको विशेष अधिवेशन आजै अन्त्य गरिएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गरेकी छिन्। राष्ट्रपतिबाट अधिवेशन अन्त्य भएको संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयबाट जानकारी आएको बताएका छन्। यसअघि सोमबार दिउसो बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले वैशाख ३० गते अर्को बैठक बस्ने जानकारी दिएका थिए।
राष्ट्रपतिबाट अधिवेशन अन्त्य गरिएकाले सूचना जारी गरिएको प्रतिनिधिसभाको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २१:४४ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)