Kathmandu Press

राष्ट्रपतिद्वारा धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको प्रस्ताव पेश गर्न दलहरूलाई आह्वान गरेकी छन् ।
राष्ट्रपतिद्वारा धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान (विज्ञप्तिसहित)

काठमाडौं, वैशाख २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको प्रस्ताव पेश गर्न दलहरूलाई आह्वान गरेकी छन् ।

भरखरै विज्ञप्तिमार्फत राष्ट्रपतिले उक्त आह्वान गरेकी हुन् । आगामी बिहीबार राति नौ बजेसम्ममा प्रस्ताव पेश गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन् ।

‘संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई ३० वैशाख बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न’ राष्ट्रपतिले आह्वान गरेको हुन् ।

प्रकाशित मिति: २१:२० बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्