Kathmandu Press

ओलीले विश्वासको मत नपाएको पत्रका राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेको जानकारी सहितको पत्र संघीय संसद् सचिवालयले राष्ट्रपतिको कार्यालयलाई पठाएको छ। सोमबार सााझ...
ओलीले विश्वासको मत नपाएको पत्रका राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेको जानकारी सहितको पत्र संघीय संसद् सचिवालयले राष्ट्रपतिको कार्यालयलाई पठाएको छ। 

सोमबार सााझ राष्ट्रपति कार्यालयलाई पत्र पठाएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जनाएका छन्। पत्रका प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्तावको पक्ष र विपक्षमा परेको मतको विवरण उल्लेख गरिएको छ। 

संसद् सचिवालयले जानकारी पठाएपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान गरिने व्यवस्था रहेको छ। पत्र पाएपछि आजै वा भोलि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ। 

सोमबार दिउसो प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा ९३, विपक्षमा एक सय २४ र मत दिन्न भन्नेमा १५ मत परेका थिए। मतदान प्रक्रियामा २३२ सांसद सहभागी थिए।

प्रकाशित मिति: २०:४३ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्