प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
काठमाडौं, वैशाख २७ : मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
केहीबेरअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिले १९ वैशाखमा सोमबारका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी थिइन् ।
प्रकाशित मिति: १९:२४ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)