कैलालीमा एकैदिन ९ संक्रमितको मृत्यु
कैलाली वैशाख २७ : कैलालीमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६, टीकापुर...
कैलाली वैशाख २७ : कैलालीमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६, टीकापुर अस्पतालमा २ र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको हो ।
सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ।
टीकापुर अस्पतालमा दुई सङक्रमितको मृत्युभएका मध्ये टीकापुर नगरपालिका–७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: १८:४१ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)