Kathmandu Press

धारा ७६ (२) को सरकार गठनका लागि आह्वान गर्न तीन दलको माग

कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
धारा ७६ (२) को सरकार गठनका लागि आह्वान गर्न तीन दलको माग

काठमाडौं, वैशाख २७ : कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी ओलीको विश्वासको मत प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएकाले धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुनुपर्ने तीन दलको माग छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपिलमार्फत यस्तो माग अगाडि सारेका हुन्।
 

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्