विश्वासको मत अस्वीकृत, केपी ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ। त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।
विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको थियो । संसद्मा २ सय ३२ सांसद उपस्थित थिए।
प्रतिनिधिसभामा हाल कायम २ सय ६७ सांसदमध्ये ३५ जना बैठकमा उपस्थित भएनन्।
प्रकाशित मिति: १७:२७ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)