विश्वासको मत दिनूस् न, संसद् विघटन हुँदैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले आफूले विश्वासको मत नपाए प्रतिनिधिसभा विघटन हुन सक्ने संकेत गरेका छन् ।
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले आफूले विश्वासको मत नपाए प्रतिनिधिसभा विघटन हुन सक्ने संकेत गरेका छन् ।
‘गल्र्यामगुर्लम विश्वासको मत दिनूस् न, संसद् विघटन हुँदैन नि,’ उनले दोहो¥याएर भने, ‘साथीहरूले संसद् विघटन गर्नका लागि विश्वासको मत मागिएको आशंका गर्नुभयो, विश्वासको मत दिनुभयो भने संसद् विघटन हुँदैन नि ।’
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले यस्तो संकेत गरेका हुन् । विश्वासको मत नपाए मार्गप्रशस्त गरिदिने बताउन पनि उनले छुटाएनन् । तर, ठूलो दलको नेताको हैसियतमा सरकार बनाउने अधिकार आफ्नै रहेको दाबी पनि गरे ।
प्रकाशित मिति: १७:०२ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)