निदान अस्पतालले भन्यो– कोरोनाका थप विरामी भर्ना गर्न सकिँदैन
काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको संक्रमणका थप नयाँ बिरामी भर्ना गर्न नसक्ने ललितपुरस्थित निदान अस्पतालले बताएको छ। सोमबार अस्पतालले विज्ञप्ति जारी गरी...
काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको संक्रमणका थप नयाँ बिरामी भर्ना गर्न नसक्ने ललितपुरस्थित निदान अस्पतालले बताएको छ। सोमबार अस्पतालले विज्ञप्ति जारी गरी अक्सिजनको अभाव भएका कारण कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।
कोभिडका बिरामीको उपचार गर्दै आएकोमा सरकारले नियमित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामी भर्ना गर्न असमर्थ भएको अस्पतालले जनाएको छ।
‘अस्पतालमा अहिले दैनिक १ सयदेखि १ सय ३० वटा अक्सिजन सिलिन्डर आवश्यक पर्छ । अस्पतालमा अहिले ५० जना कोभिड बिरामी उपचाररत छन्। जसमध्ये २० जनाको आइसीयू र एचसीयूमा उपचार भइरहेको छ,’ अस्पतालले भनेको छ।
यस्तै अक्सिजन आपूर्ति सहज भए लगत्तै थप बिरामी भर्ना लिने अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १६:३६ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)