Kathmandu Press

कोरोना संक्रमणका कारण गण्डकीमा ८ जनाको मृत्यु

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की र स्याङ्जाका...
कोरोना संक्रमणका कारण गण्डकीमा ८ जनाको मृत्यु

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की र स्याङ्जाका २–२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक–एक जना छन् ।

उनीहरुको गण्डीका विभिन्न अस्पतालमा उपतारका क्रममा मृत्यु भएको हो। पोखरा महानगरपालिका–७ ६७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा र र पोखरा महानगरपालिका १३ का  ८७ वर्षीय होम हाइसोलेसनमै मृत्यु भएको छ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय,  संक्रमित महिलाको आइतबार बेलुका ६स्४५ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ भने स्याङ्जाकै गल्याङ गाउँपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा,  बुटवल उपमहानगरपालिका–१ का ३४ वर्षीय पुरुषफिस्टेल अस्पताल पोखरामा, पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय पुरुषको धौलागिरी अस्पताल बागलुङमा र तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमणका गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २७३ पुगेको छ।

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्