Kathmandu Press

जसपा राजनीति : ठाकुर तटस्थ, यादव प्रस्तावको विपक्षमा

प्रतिनिधिसभामा चौथो दल जसपाका दुई अध्यक्षले दुई फरक लाइनमा देखिएका छन् ।
जसपा राजनीति : ठाकुर तटस्थ, यादव प्रस्तावको विपक्षमा

काठमाडौं, वैशाख २७ : प्रतिनिधिसभामा चौथो दल जसपाका दुई अध्यक्षले दुई फरक लाइनमा देखिएका छन् ।

अध्यक्ष महन्थ ठाकुरले आफू प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतको पक्ष र विपक्षमा नलागी तटस्थ बस्ने घोषणा गरे । प्रसवउपर भएको छलफलमा भाग लिँदै ठाकुरले आफ्ना मुद्दा र माग सम्बोधन नभएकाले तटस्थ बस्ने बताए ।

अर्का अध्यक्ष उपेन्द्र यादवले आफैंलाई विश्वास नभएको संसद्मा आएर विश्वासको मत माग्ने नैतिक आधार नभएको बताए । प्रधानमन्त्री ओलीले संघीयताविरोधी धेरै काम गरेको उल्लेख गरे । सबैभन्दा बढी न्यून समावेशिता यही सरकारका पालामा भएको उल्लेख गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रधानमन्त्री धरापमा पार्न खोजेको यादवले आरोप लगाए । ओलीले जताजतै ‘सेटिङ’मा देश चलाएको बताए । सबै कुरा अध्यादेशबाटै चलाउने हो भने संसदीय प्रणाली औचित्यहीन हुने यादवले बताए ।

ओलीको कार्यकालमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ नभई ‘दरिद्र नेपाल दुःखी नेपाली’ सावित भएको बताए । ओलीकै पालामा मधेशमा सबैभन्दा बढी झुटा मुद्दा चलाइएको बताए । उनले विश्वासको मतको विपक्षमा मतदान गर्ने घोषणा गरे।
 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्